
उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।
एमालेका विजयी भण्डारीले ११ हजार ६१२ मत ल्याए । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत ल्याए । दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।

यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।



प्रकाशित :- २०८१ बैशाख १७, सोमबार