
कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चरा गणना तथा अनुसन्धान सुरु गरिएको छ। सुदूरपश्चिम सरकारको सहयोग र नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)को व्यवस्थापनमा डिभिजन वन कार्यालय पहलमानपुरले चराको गणना तथा अनुसन्धान सुरु गरेको हो।
उनले एक हप्तासम्म गणना तथा अनुसन्धानको कार्य हुने उल्लेख गरे। चरा गणनाका लागि विज्ञसहित पाँच जनाको टोली परिचालन गरिएको छ। सात दिनसम्म गणना तथा अनुसन्धानको कार्य हुने डङ्गौराको भनाइ छ। घोडाघोडीमा तीन सय ८० प्रजातिका चरा पाइने गरेका छन्।
जसमध्ये ११ प्रजाति विश्वमै दुर्लभ रहेको जनाइएको छ। ७४ प्रजातिका जलपन्छी छन्। चरा तथा चराको वासस्थानको संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले दुई वर्षअगाडि घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी( घोषणा गरेको थियो। विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा जाडोयाममा विभिन्न देशबाट जाडो छल्नका लागि आगन्तुक चरा आउने गर्दछन्।




प्रकाशित :- २०८१ जेष्ठ ११, शुक्रबार