काठमाडौं । नेपालमा दूध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिवेदनमा अघिल्लो यही अवधिको आठ महिनाको तुलनामा यो वर्ष दूध उत्पादन घटेको सार्वजनिक गरेको हो।
प्रतिवेदन अनुसार चालु आवको आठ महिनामा १७ लाख ४२ हजार ५६२ मेट्रिक टन दूध उत्पादन भएको छ। अघिल्लो आवको यही अवधिमा भने १७ लाख ७० हजार ९२७ मेट्रिक टन उत्पादन भएको थियो ।
गत आव २०७९/८० मा पनि कृषि मन्त्रालयले २६ लाख मेट्रिक टन दूध उत्पादन हुने अनुमान गरिएकोमा १७ लाख ७० हजार ९२७ मेट्रिक टन मात्रै उत्पादन भएको थियो।
प्रतिवेदन अनुसार आव २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन उत्पादन भएकोमा आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दूध उत्पादन भएको थियो।
नेपाल दुग्ध विकास बोर्डका पूर्वनिर्देशक एवं पशुविज्ञ डा। राजेन्द्र यादवले सानले बेलामा भुक्तानी नपाउनु उपभोक्ताको आयआर्जन घट्नुलगायत कारण उत्पादन घटेको बताए । उनका अनुसार ‘लम्पी स्किन’ रोगका कारण धेरै गाईभँसीको क्षति भएकाले यो वर्ष दूध उत्पादन अझै घट्ने देखिएको बताए।







