राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा नभएसम्म संसद् पुनर्स्थापना नगर्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउन बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा शाहीले देशमा गहिरिँदै गएको राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएको बताए ।
उनले जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद् पुनर्स्थापनाको मुद्दा लिएर अघि बढ्न सभामुखलाई आग्रह गरे ।
शाहीले संसद्लाई निरन्तरता दिने वा पुनर्स्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको धारणा राखे ।







