नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीको तुलनामा आफ्नो पार्टीमाथि बढी प्रहार भएको टिप्पणी गरेका छन् ।
ललितपुरमा आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी प्रहारको अरुभन्दा बढी निसाना भएका छौँ । किन निसाना भएका छौँ, हामीले नराम्रो काम गरेर ? हामीले नराम्रा नीति ल्याएर, हाम्रा राष्ट्रका विरुद्धका नीति देशका विरुद्धका नीति, भएर हो र ? होइन, हाम्रो नीतिहरू राम्रा भएर ।’
प्रकाशित :- २०८२ आश्विन २९, बुधबार








