नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने बताएकी छन् । एमालेको जारी बैठकमा बोल्दै तिम्सेनाले अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्ने धारणा व्यक्त गरिन् । एमालेको वर्तमान संरचनामा चुनाव वा आन्दोलनमा जान नसकिँने। भन्दै तिम्सेनाले अध्यक्ष ओलीलाई बिदा लिएर अभिभावक बन्न आग्रह गरिन् ।
अब पनि नचेते फेरी फेरी इतिहासले हामीलाई नै धिक्कार्नेछ भन्दै उनले एक जना व्यक्तिको महत्त्वाकांक्षाका लागि सिंगो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्न नहुने बताईन् र्। एमाले जस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो संगठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ। म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु,’ उनले भनिन्।
यस्तै उनले विध्वंश, विनाश र वियोगान्तपछि केन्द्रीय कमिटी बैठक बसिरहेको तर बैठकमा नेतृत्व पंक्तिका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहँदा असफल भएको हो? भन्दै प्रश्न गरिन्। उनले भदौ २३ गतेको जेनजी विद्रोहमा मारिएका २४ जनाको जिम्मा कसले लिने भन्दै पनि प्रश्न गरिन्।








