गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई यात्रामा रोक लगाउनेदेखि पासपोर्ट रोक्कासम्म गर्ने निर्णय गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट पेस भएको छ ।
अधिवक्ता प्रेम सिलवालले रिट पेस गरेका हुन् । उनले जेन-जी आन्दोलनको छानबिनको अधिकार पाएको आयोगले कुनै पनि कानुनी आधार नलिई पूर्वप्रधानमन्त्री सहितलाई एक स्थानबाट अर्को स्थानमा जानसमेत रोक लगाउने कार्य असंवैधानिक भएको दाबी गरिएको छ । सर्वोच्चमा पेस भएको यो दोस्रो रिट हो । यसअघि पनि एक थान पेस भई दर्तासमेत भएको थियो ।







