श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागको वेबसाइट साइबर आक्रमणका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । ह्याकरले प्रणालीमाथि नियन्त्रण जमाएपछि विभागले प्रवाह गर्दै आएका वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण अनलाइन सेवा प्रभावित भएका हुन् ।
विभागको वेबसाइट खोल्ने प्रयास गर्दा हाल ‘योर कनेक्सन इज नट प्राइभेट’ अर्थात् सुरक्षित पहुँच नभएको सूचना देखिन्छ । प्राविधिक रूपमा यो वेबसाइटको सेक्युरिटी लेयर (एसएसएल सर्टिफिकेट) मा समस्या आएको वा त्यसलाई निष्क्रिय पारिएको सङ्केत हो ।







