जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश पोखेका छन् । गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ को भनेका छन् ।
जेनजी आन्दोलनको क्रममा दमन गर्नेहरूलाई कारबाही नगरिएको भन्दै गुरुङले रुष्ट बनेका हुन् । ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही’ गर भन्ने आवाज उठ्दा ‘जेनजीलाई कारबाही’ गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो,’ गृहमन्त्री अर्याललाई उनले भने, ‘शहीदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् ।’







