नेकपा एमालेका स्थायी कमीटी सदस्य खगराज अधिकारीले अन्तरिम सरकार डेढ महिना पनि टिक्न मुस्किल भएको बताएका छन्। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो धारणा राखेका हुन्।
सुरक्षा निकायसँग सरकारको टसल पर्ने अवस्था आएको बताउँदै अधिकारीले सरकार बनाएकाहरूले नै सरकारलाई पत्याउन छाडेका कारण सरकार एक डेढ महिना टिक्न पनि गाह्रो भएको धारणा राखे। अधिकारीले तोकिएको मितिमा प्रतिनिधि सभाको चुनाव नहुने ठोकुवा गर्दै नहुने चुनावमा भाग लिने/नलिने भन्ने बहस आवश्यक नभएको बताए।
प्रकाशित :- २०८२ कार्तिक २१, शुक्रबार







