शर्मा ओलीले आगामी महाधिवेशन यसपटक छोटो तरिकाले सम्पन्न गरिने बताएका छन् । उनले आफूले दिने निर्देशनात्मक मन्तव्यपछि कार्यक्रमबिना छलफल सम्पन्न हुने स्पष्ट पारेका हुन् ।पार्टीको केन्द्रीय शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको विद्वत वर्ग अन्तरसंवाद कार्यक्रममा बोल्दै ओलीले भने, ‘यो महाधिवेशनमा म एकतर्फीरूपमा सम्बोधन गर्छु । उद्घाटन मन्तव्यपछि त्यसमा छलफल गरिँदैन ।’ उनका अनुसार, महाधिवेशन लामो समयसम्म चलाउने अवस्था अहिले छैन । ‘यदि छलफल गर्दै गर्यौँ भने कार्यक्रम पाँच–सात दिन तानिन्छ, त्यो हामी धान्न सक्दैनौँ,’ ओलीले भने ।







