बंगलादेशले हाल शेख हसीनालाई भारतबाट फर्काउन औपचारिक माग गरिरहेको छ। पूर्व प्रधानमन्त्री हसीनालाई हालै बंगलादेशमा मृत्युदण्ड सुनाइएको छ र उनीमाथि गम्भीर आरोपहरू लगाइएका छन्।तर उनी अहिले भारतमै बसेकी छन्। यसबीच, हसीनाका छोरा सजीब वाजेदले सार्वजनिक मिडियामार्फत प्रतिक्रिया जनाउँदै मोदी सरकारप्रति कृतज्ञता जनाएका छन् ।“भारत सधैं हाम्रो राम्रो मित्र रह्यो। यस कठिन घडीमा भारतले मेरी आमाको ज्यान बचायो। म यसको लागि प्रधानमन्त्री मोदीको सरकारप्रति सधैं कृतज्ञ रहनेछु”, मिडियामार्फत प्रतिक्रिया जनाउँदै उनले भने ।पूर्व प्रधानमन्त्री शेख हसीनालाई सजाय सुनिनुअघि पनि सजीब वाजेदले भारतलाई लिएर सकारात्मक टिप्पणी गरेका थिए। “हामीलाई पहिले नै थाहा थियो कि फैसला कस्तो आउनेछ। आमालाई भारतमै सुरक्षित महसुस भएको छ”, उनले भनेका छन् ।







