नेकपा (एमाले)का नेता महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन् । आफू सवार गाडीमाथि आइतबार (मंसिर ७) मोरङको विराटनगरमा रातो मसी छ्यापिएको घटनालाई उनले ‘गम्भीर र निन्दनीय’ भनेका छन् ।सामाजिक सञ्जालमार्फत उनले शान्तिपूर्ण सभा, जुलुस र देशभर स्वतन्त्र रूपमा आवतजावत गर्न पाउनु सबै नागरिकको अधिकार भएकामा जोड दिएका छन् । “लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ,” उनले लेखेका छन्, “शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवतजावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन ।”







