विश्व चर्चित अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीले पुनः अर्को विश्वकीर्तिमान बनाएका छन्। अमेरिकी मेजर लिग सकर एमएलएस मा इस्टर्न कन्फरेन्सतर्फको उपाधि भिडन्तमा एक असिस्ट गर्दै उनले सर्वाधिक असिस्टको कीर्तिमान बनाएका हुन्। आइतबार बिहानै भएको न्युयोर्क सिटीविरुद्धको खेल इन्टर मियामीले ५(१ गोलअन्तरले जित्दा मेस्सीको असिस्टमा ६७औँ मिनेटमा सिल्भेटीले गोल गरेका थिए। योसँगै मेस्सीले आफ्नो करियर ९क्लब र राष्ट्रिय टिम दुवैमा ४०५ असिस्ट गरेका छन्। उनले लेजेन्डरी हंगेरियन फुटबलर फेरेंक पुस्कासको ४०४ असिस्टको कीर्तिमान भंग गरेका हुन्। उक्त जितसँगै मेस्सीको टिम इन्टर मियामी एमएलएसको फाइनलमा पनि प्रवेश गरेको छ। उक्त फाइनल खेल इस्टर्न कन्फरेन्स विजेता मियामी र वेस्टर्न कन्फरेन्स विजेता भ्यानकुभर ह्वाइटक्याप्सविरुद्ध ६ डिसेम्बरमा हुनेछ। खेल मियामीको गृहमैदान चेज स्टेडियममा हुनेछ।







