गायक हिमाल सागर र मोडल मिस पवि अहिले चर्चामा छन् । उनीहरू चर्चामा आउनुको कारण अरु नभइ कीर्तिपुरमा जारी क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा एकसाथ देखिएको फोटो र भिडियो भाइरल हुनुले हो । क्रिकेट रंगशालामा एकसाथ देखिएका यी दुईको भिडियो, फोटो यतिबेला टिकटक, फेसबुक र इन्स्टाग्राममा भाइरल छ । धेरैले यी दुईलाई जोडीको रुपमा प्रचारप्रसार गरिरहेका छन् ।
प्रकाशित :- २०८२ मंसिर १७, बुधबार







