नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा मनाङमा संसारकै सबैभन्दा अग्लो स्थानमा रेस्लिङ खेल सम्पन्न भएको छ । मनाङको ङिस्याङ गाउँपालिका वडा नम्बर ९ मा संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थितिमा दुईवटा रेस्लिङ महाभिडन्त सम्पन्न भएको हो । पहिलो खेलमा नेपालको तर्फबाट रेस्लर भगवती खड्का (युनिका), अस्मिता (जुरेली) र अमेरिकी खेलाडीबीच खेल भएको थियो । उक्त खेलमा नेपाली खेलाडी भगवती र अस्मिता विजयी भए । आयोजकका अनुसार, गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सो महाभिडन्त गरिएको हो ।







