नयाँ दिल्ली । गुजरातमा भारतीय जनता पार्टी (बीजेपी) क्लिन स्वीपतर्फ अगाडि बढिरहेको छ । राज्यको कूल २६ सिटमध्ये २४ सिटमा बीजेपीका उमेदवारहरू अगाडि छन् । एक सिटमा बीजेपीले जितिसकेको छ । सुरतको सिटमा बीजेपीका उम्मेदवार निर्विरोध भएको थिए । बाँकी एक सिटमा भने कंग्रेस अगाडि छ । सन् २०१४ र सन् २०१९ मा भएको लोकसभाको निर्वाचनमा यो राज्यमा बीजेपीले सबै सिट आफ्नो पोल्टामा पारेको थियो ।
प्रकाशित :- २०८१ जेष्ठ २२, मंगलवार