काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञान बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्र बाबु राईलाई पक्राउ गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले राईलाई पक्राउ गरेर ल्याए संसदमै गृहमन्त्रीलाई आफूहरुले फूलमालाले स्वागत गर्ने बताए । पुराना राजनीतिक दल र तिनका नेताहरूले देश बर्बाद पारे भन्दै जनमत पाएको भएपनि रास्वपा पनि उही बाटोमा हिंडेको शाहीको आरोप छ । उनले भने, ‘सभामुख महोदय, जात्रा हेरियो । पुरानाहरूले त गरे गरे, नयाँ साथीहरूलाई देख्दा थप अझै अचम्म लाग्छ मलाई । हामीलाई किन जिताएको जनताले ? ३३ वर्षदेखि पुराना नेताहरूले लुटे भनेर जनमत दिइएको हो । पद र प्रतिष्ठाका लागि हो जस्तो लाग्दैन । गृहमन्त्रीसँग केही माग्नु छैन । जीवी राई पक्राउ गरेर ल्याउनुस्, यही संसदमा फूलमालाले स्वागत गर्छौं । निर्वाचित भएको ७२ घण्टाभित्र निर्मला पन्तका हत्यारा पक्राउ गर्छु भनेपछि जनताले मत दिएर जिताएका हुन् ।’ गृहमन्त्री फाइल खोल्छु भन्दै धम्क्याएर हिँडेको भन्दै बाँकी रहेको अवधिमा फाइल खोल्न चेतावनी दिए । ‘आज सरकारमा गएको एक सय २४ दिन भयो । सत्ता उहाँको हातमा छ गृहमन्त्री हुनुहुन्छ । खै के भयो ? फाइल खोल्छु भन्दै धम्की दिँदै हिँड्नुभएको छ । अझै सात दिन बाँकी छ । फाइल खोल्नुस् न । हामी साथ दिन्छौँ’, उनको भनाइ छ ।
Hot News
- भिजिट भिसा प्रकरण : रास्वपाको अडान कायमै
- प्रधानमन्त्री ओली भन्छन् : एसईईमा यसपालि ६०-६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्
- सरकारले विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैन : शेखर कोइराला
- फिल्म ‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध , पलको बुबाको भुमिका गर्दै
- परराष्ट्रमन्त्रीले ‘धम्की’ दिएकोमा नेपाल रिपब्लिक मिडियाको विरोध
- गरिमा शर्माका चारै फिल्म सुपर फ्लप अबको बाटो कता?
- सल्यान र बाँकेसँग सिमाना जोडिएको दाङको गङ्गटे
- मार्सीधान खेती