काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको गेटमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई एक जना कानुन व्यवसायीले हातपात गरेको आरोप छ । अधिवक्ता नानु थापा भन्ने लक्ष्मी थापाले प्रहरी जवान जीवन छिनाललाई हातपात गरेकी हुन् ।पार्किङ तर्फको गेटमा सेवाग्राहीलाई सँगै लिएर निस्कन खोज्दा छिनालले उनलाई रोकेका थिए । आफूलाई रोकेपछि अधिवक्ता थापाले थप्पड हानेको सीसीटिभी फुटेजमा देखिन्छ । पार्किङको गेटबाट कानुन व्यवसायीले मात्र आवतजावत गर्न पाउँछन्, सेवाग्राहीलाई साथमा लान पाइँदैन ।आइतबार गेटमा विवाद भएपछि दुवैजना श्रेस्तेदार रामु शर्माकहाँ उपस्थित भएका थिए । शर्माले कानुनी उपचारमा जान भनेपछि दुवैले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका छन् ।यता, प्रहरी कर्मचारीले आफूलाई पनि आक्रमण गरेको अधिवक्ता थापाले दिएको निवेदनमा उल्लेख छ । सीसीटिभी फुटेज हेर्दा अधिवक्ता थापाले आक्रमण गरेपछि प्रहरी कर्मचारीले प्रतिकार गरेको जस्तो देखिएको जिल्ला अदालतका एक जना अधिकृतले बताए । अधिवक्ता थापा सिन्धुपाल्चेक स्थित सुनकोशी गाउँपालिका–६ की स्थानीय हुन् ।
Hot News
- भिजिट भिसा प्रकरण : रास्वपाको अडान कायमै
- प्रधानमन्त्री ओली भन्छन् : एसईईमा यसपालि ६०-६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्
- सरकारले विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैन : शेखर कोइराला
- फिल्म ‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध , पलको बुबाको भुमिका गर्दै
- परराष्ट्रमन्त्रीले ‘धम्की’ दिएकोमा नेपाल रिपब्लिक मिडियाको विरोध
- गरिमा शर्माका चारै फिल्म सुपर फ्लप अबको बाटो कता?
- सल्यान र बाँकेसँग सिमाना जोडिएको दाङको गङ्गटे
- मार्सीधान खेती