काठमाडौं– दक्षिण भारतीय अभिनेता प्रभाषको मुख्य भूमिका रहेको फिल्म ‘कलकी २८९८ एडी’ले ५०० करोडको आकंडा पार गरेको छ । प्रदर्शनको बाह्रौं दिनमा पनि घरेलु बजारमा यसको व्यापारमा कमी आएको छैन । फिल्मले एघारौँ दिन आइतबार ४४.३५ करोड ग्रस कलेक्सन गरेको थियो । योसँगै यस फिल्मको ग्रस कलेक्सन ५१० करोड पुगेको हो । छोटो समयमा ५०० करोडको व्यापार गर्ने यो चौथो भारतीय फिल्म बनेको छ । ‘बहुबली २’ले सात दिन, केजीएफ २ ले आठ, आरआरआरले आठ दिनमा यो आकंडा पार गरेका थिए । यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’को रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ । जवानले विश्वभरबाट १,१६० करोडको व्यापार गरेको थियो, जुन शाहरुखको सबैभन्दा बढी व्यापार गर्ने फिल्म हो । ‘कलकी २८९८ एडी’ एघारौं दिनमै ९१० करोड ग्रस कलेक्सन गरेको छ । अबको केही दिनमै यो फिल्मले जवानको रेकर्ड तोड्ने अनुमान गरिएको छ । यस फिल्ममा प्रभाषसहित अमिताभ बच्चन, दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ । यस फिल्मका लेखक र निर्देशक नाग आश्विन हुन् ।
Hot News
- भिजिट भिसा प्रकरण : रास्वपाको अडान कायमै
- प्रधानमन्त्री ओली भन्छन् : एसईईमा यसपालि ६०-६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्
- सरकारले विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैन : शेखर कोइराला
- फिल्म ‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध , पलको बुबाको भुमिका गर्दै
- परराष्ट्रमन्त्रीले ‘धम्की’ दिएकोमा नेपाल रिपब्लिक मिडियाको विरोध
- गरिमा शर्माका चारै फिल्म सुपर फ्लप अबको बाटो कता?
- सल्यान र बाँकेसँग सिमाना जोडिएको दाङको गङ्गटे
- मार्सीधान खेती