कञ्चनपुर । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् । पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ । उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ । चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकाकांश क्षेत्र डुबानमा परेको छ । बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन । यसअघि आइतबार घरभित्र बाढी पस्दा डुबेर कृष्णपुर नगरपालिका–१ पहरियामा सात महिनाको सोनु धानुकको मृत्यु भएको थियो भने बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका थिए ।
Hot News
- भिजिट भिसा प्रकरण : रास्वपाको अडान कायमै
- प्रधानमन्त्री ओली भन्छन् : एसईईमा यसपालि ६०-६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्
- सरकारले विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैन : शेखर कोइराला
- फिल्म ‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध , पलको बुबाको भुमिका गर्दै
- परराष्ट्रमन्त्रीले ‘धम्की’ दिएकोमा नेपाल रिपब्लिक मिडियाको विरोध
- गरिमा शर्माका चारै फिल्म सुपर फ्लप अबको बाटो कता?
- सल्यान र बाँकेसँग सिमाना जोडिएको दाङको गङ्गटे
- मार्सीधान खेती