कास्की । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको भन्दै संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गरे । “संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा आएका छौँ । अब बाँकी दलसँगसमेत बृहत् समझदारी बनाएर समस्याको पहिचान र सम्बोधनका लागि पहल गरिनुपर्छ”, प्रतिनिधिसभा सांसद केसीले भने । उनले शान्ति, विकास र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । केसीले भने,“नेपालको इतिहासमा अहिलेसम्म बनेका ७ संविधानमध्ये कुनै पनि लामोसमय टिकेनन् । वर्तमान संविधानमा टेकेर परिवर्तित व्यवस्थाको स्थायित्व, विकास र समृद्धिको चाहना पूरा गर्न स्थिर सरकार बनाउने हाम्रो चाहना हो । त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुको विकल्प छैन् ।” केसीले ठूला दलहरू एकैठाउँमा रहँदा तानाशाही हुन्छन् भन्ने तर्क सही नभएको भन्दै सधैँ अस्थिरता मच्चाउने र दलहरूप्रति वितृष्णा फैलाउने कुरालाई ठूला दलले हेरेर बस्न नहुने धारणा राखे । पोखरा विमानस्थल निर्माणका क्रममा भएका अनियमितता तथा प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिका सदस्यसमेत रहेका केसीले विमानस्थल निर्माणका क्रममा भएका अनियमितताबारे सत्यतत्य बाहिर ल्याउन समितिले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए ।
Hot News
- भिजिट भिसा प्रकरण : रास्वपाको अडान कायमै
- प्रधानमन्त्री ओली भन्छन् : एसईईमा यसपालि ६०-६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्
- सरकारले विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैन : शेखर कोइराला
- फिल्म ‘आ बाट आमा’मा प्रदीप रावत अनुबन्ध , पलको बुबाको भुमिका गर्दै
- परराष्ट्रमन्त्रीले ‘धम्की’ दिएकोमा नेपाल रिपब्लिक मिडियाको विरोध
- गरिमा शर्माका चारै फिल्म सुपर फ्लप अबको बाटो कता?
- सल्यान र बाँकेसँग सिमाना जोडिएको दाङको गङ्गटे
- मार्सीधान खेती