काठमाडौं । नेपालको शैक्षिक इतिहासमा एक विशेष स्थान बनाएको पिनाकल एकेडेमी कहिलेको समयमै ‘प्लस टु’ तहमा उत्कृष्टताको पर्याय बनेको छ। ललितपुरको हृदयस्थल लगनखेल नजिकै अवस्थित यस संस्थाले नेपाली शिक्षा प्रणालीमा गुणस्तर, नवप्रवर्तन र नतिजाको सन्दर्भमा उच्च कीर्तिमान राख्न सफल भएको छ।

पिनाकल एकेडेमीले ‘ज्ञान, अनुशासन र नेतृत्व’लाई आफ्नो शैक्षिक दर्शनको मूल आधार बनाउँदै आएको छ। विज्ञान, व्यवस्थापन, मानविकी र कानूनसहितका ‘प्लस टु’ कार्यक्रमहरूमा यस संस्थाले निरन्तर उत्कृष्टता प्रदर्शन गर्दै आएको छ। प्लस टु’ को ८१ को नतिजा हेर्ने हो भने, पिनाकलका विद्यार्थीहरू राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शनकर्ताको सूचीमा अग्रस्थानमा परेका छन्। विद्यालयका प्रिन्सिपल ऋषि तिवारीका अनुसार, “हामी विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी, व्यवहारिक सीप, अनुसन्धान क्षमता र नेतृत्व विकासमा समेत जोड दिन्छौं। यही दृष्टिकोणले हामीलाई अरू संस्थाभन्दा पृथक बनाएको छ।
पिनाकल एकेडेमीले आधुनिक प्रविधि र सुविधा सम्पन्न पूर्वाधारमार्फत अध्यापन कार्यलाई सहज र प्रभावकारी बनाएको छ। स्मार्ट बोर्ड, डिजिटल प्रोजेक्टर, इ-लाइब्रेरी, उच्च स्तरीय प्रयोगशालाहरू (फिजिक्स, केमिस्ट्री, बायोलोजी, कम्प्युटर), तथा सुरक्षात्मक क्यामेरा जडान गरिएको सुरक्षित क्याम्पस वातावरण यस संस्थाको प्रमुख विशेषता हो। पढाइसँगै विद्यार्थीहरूलाई मनोवैज्ञानिक परामर्श सेवा, समय समयमा आयोजित सेमिनार, कार्यशाला र शैक्षिक भ्रमणले आत्मविश्वास अभिवृद्धिमा टेवा पुर्याएको छ। पिनाकल एकेडेमीले अनुभवी, प्रेरणादायी र समर्पित शिक्षकमण्डलीलाई समेटेको छ। यहाँ कार्यरत शिक्षकहरू देशका प्रतिष्ठित विश्वविद्यालयहरूबाट स्नातकोत्तर वा उच्च डिग्री प्राप्त गरिसकेका छन्। प्रत्येक शिक्षक विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई बुझेर मार्गदर्शन गर्ने शैलीमा विश्वास राख्छन्।

शैक्षिक मात्र नभई, सह पाठ्यक्रम गतिविधिहरूमा समेत पिनाकल एकेडेमीको योगदान उल्लेखनीय छ। वादविवाद प्रतियोगिता, सिर्जनात्मक लेखन, कला प्रदर्शनी, खेलकुद तथा संगीत नाटक कार्यक्रमहरूले विद्यार्थीको समग्र विकासमा योगदान पुर्याउँछन्। पिनाकल एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागीता जनाएर कैयौं पुरस्कार जितिसकेको छ। यहाँ आयोजित वार्षिक ‘पिनाकल इनोभेसन फेस्ट’ ले विद्यार्थीलाई आफ्ना नवप्रवर्तनात्मक सोच प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ
देशमा गुणस्तरीय ‘प्लस टु’ शिक्षाको अभाव महसुस भइरहेका बेला पिनाकल एकेडेमी जस्तो संस्था विद्यार्थीको भविष्य सुनिश्चित गर्न अग्रसर छ। प्रतिस्पर्धात्मक युगमा विद्यार्थीलाई आत्मनिर्भर, सक्षम र जिम्मेवार नागरिक बनाउने यस संस्थाको योगदान उदाहरणीय छ। नेपालकै उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्था बन्न सफल पिनाकल एकेडेमी अबको दिनहरूमा पनि नविनतम शैक्षिक प्रविधि र उच्चस्तरीय व्यवस्थापनका साथ थप उचाइमा पुग्ने अपेक्षा गर्न सकिन्छ।







