चेल्सी इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा कार्डिफ सिटीलाई ३-१ गोलअन्तरले हराउँदै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो ।चेल्सीको जितमा एलेजेन्द्रो गार्नाचोले २ गोल गर्दा पेड्रो नेटोले १ गोल गरे । कार्डिफका डेभिड टर्नबुलले १ गोल गरे ।खेलको ५७औं मिनेटमा गार्नाचोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ७५औं मिनेटमा टर्नबुलले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।८२औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई फेरि अग्रतामा ल्याए । इन्जुरी समयमा गार्नाचोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको ३-१ को जित पक्का गरे ।







