काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उमहासचिव वर्षमान पुनले एकपछि अर्को व्यवहारले नै विचौलिया र स्वार्थ समूहले सरकार चलाएको पुष्टि भइसकेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
अहिलेको सरकार विचौलियाले चलाएको कुराबारे जनताको घर-घरमा बहस हुन थालेको पनि उनले बताए ।कांग्रेस महामन्त्री गगन थापाले ढिलै भए पनि विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडसम्म पुगेको भनेकामा उनले धन्यवाद दिए ।गत असार ३१ गते सरकार गठन गर्दा भनिएको संविधान संशोधनमा सिन्कोसमेत नभाँचिएको उनको टिप्पणी थियो ।







