काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२, गोकुल पार्टीस्थित विष्णु देवी कपास उद्योगमा मंगलबार दिउँसो भिषण आगलागी भएको छ। स्रोतका अनुसार कारखानामा दिउँसो ४ः२० बजे अचानक आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका, नेपाल आयल निगम र चन्द्रागिरि नगरपालिकाका तीनवटा दमकल प्रयोग गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, ४९ जना सुरक्षाकर्मी सशस्त्र प्रहरी अस्पतालबाट १७ जना र युद्ध कवच गण सितापाइलाबाट ३२ जना आगो निभाउन खटिएका थिए । आगो अहिले नियन्त्रणमा आइसकेको छ । क्षतिको विवरण अझै यकिन गर्न सकिएको छैन । विवरण आउन बाँकी छ ।







