अछाम — रामारोशन, गाउँपालिका–५ (तल्लो पाताल घर) — अछामको प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको रामारोशन क्षेत्र अहिले पर्यटकीय सम्भावनाले भरिएको भू–भागको रूपमा उदाउँदै छ। यही क्षेत्रका स्थायी बासिन्दा लक्ष्मण बोहरा यस्ता युवामध्ये एक हुन, जो स्थानीय विकास, पर्यटन प्रवर्द्धन, र समाज रूपान्तरण को अभियानमा सक्रिय हुन।
नेपाली कांग्रेसप्रति आस्था राख्ने युवा कार्यकर्ता बोहरा विगत केही वर्षदेखि रामारोशन क्षेत्रको प्रचारप्रसार, संरक्षण र विकासका सवालमा समुदायस्तरमा सक्रियरूपमा संलग्न रहँदै आएका छन उनको विश्वास छ — “रामारोशन केवल हिमाल, ताल र घाँसे मैदानले मात्रै होईन, यहाँका जनजीवन, संस्कृति र सम्भावनाले पनि पर्यटकलाई तान्ने क्षमता राख्छ।
रामारोशनको पर्यटनलाई ब्रान्ड बनाउन चाहन्छन्
बोहरा भन्छन्, “हाम्रो रामारोशनले सौन्दर्य मात्र होइन, अवसर पनि बोकेको छ। तर पूर्वाधार, योजना र प्रचारमा कमजोरी हुँदा विश्वसामु चिनिन सकेको छैन।”
उनले स्थानीय सरकार, संघीय निकाय र गैरसरकारी क्षेत्रसँग सहकार्य गरेर ‘स्थानीय पर्यटन नीतिमा युवाको आवाज’ पुर्याउने प्रयास गरेका छन। उनका अनुसार रामारोशनको ताल, लेक, हरियाली फाँट र लालीगुराँसको दृश्यावलीले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने असाधारण शक्ति राख्छ।







