सप्ताहान्तमा उत्कृष्टकमाइ गरेपछि यो फिल्म यस वर्षको तेस्रो सबैभन्दा ठुलो फिल्म बनेको छ। यति ठुलो व्यापार गरे पनि फिल्म अझै पनि दुई अन्य फिल्मभन्दा पछाडि छ। आउँदो सप्ताहान्तमा फिल्मको कमाइमा अझ वृद्धि हुने अनुमान गरिएको छ, जसले गर्दा ‘धुरन्धर’ ती फिल्महरूलाई पनि उछिन्न सक्छ।साक्निल्कको रिपोर्टअनुसार, धुरन्धरले ११औँ दिन २९ करोड भारुकमाइ गरेको छ। फिल्मले हालसम्म भारतमा ३७९.७५ करोड भारुकमाइ गरेको छ। वर्ल्डवाइड कलेक्सनको कुरा गर्दा, फिल्मले विश्वभर ५७९.२५ करोड भारु सङ्कलन गरेको छ।योसँगै चलचित्र यस वर्ष सबैभन्दा धेरैकमाइ गर्ने तेस्रो फिल्म बनेको छ। यो फिल्म अहिले पनि ‘छावा’ र ‘कान्तारा च्याप्टर १’ भन्दा पछाडि छ। धुरन्धर फिल्मको कास्टमा रणवीर सिंह र अक्षय खन्नाका साथै सञ्जय दत्त, अर्जुन रामपाल, राकेश बेदी, सारा अर्जुन प्रमुख भूमिकामा छन्।







