अभिनेता हरिवंश आचार्यको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा शुक्रबार उनको दाहिने आँखाको मोतिबन्दुको अप्रेसन गरिएको हो ।चिकित्सकहरू सन्दुक रुइत र रीता गुरुङको टिमले शल्यक्रिया गरेको हो । हरिवंशले सामाजिक सञ्जालबाट भिडियो सेयर गर्दै उपचारमा संलग्न चिकित्सकप्रति आभार व्यक्त गरेका छन् ।चिकित्सकले आफूलाई १५ दिन आराम गर्न, कालो चस्मा लगाउन, धूलो धुवाँमा नहिँड्न, आँखा नमिच्न सल्लाह दिएको हरिवंशले अनलाइनखबरलाई बताए ।हरिवंशले आगामी फिल्मको रुपमा ‘पाँच पाण्डव’ मा अभिनय गर्दैछन् । यो फिल्म माघदेखि छायांकनमा जाने अपेक्षा छ ।







