यस साताको बक्सअफिस कलेक्सन विवरण सार्वजनिक भएको छ । पछिल्लो शनिबार अर्थात ५ पुससम्मको सिनेपाः बक्सअफिसको विवरण आएको हो ।जसअनुसार, शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ ले देशब्यापी ६ लाख ६८ हजार ६३३ नेरु ग्रस कमाएको छ । यसका २१०९ वटा टिकट बिकेका छन् ।खगेन्द्र लामिछाने अभिनित ‘हर्ष’ ले सोही अवधिसम्म २८ लाख ७८ हजार ५३६ नेरु ग्रस कमाएको छ । यसका ८८६६ वटा टिकट बिकेका छन् ।कामेश्वर चौरासिया स्टारर ‘अभिमन्यु’ ले २१ लाख ४८ हजार ७०२ नेरु ग्रस कमाएको छ । यसका ६८५० वटा टिकट बिकेका छन् ।यशराज गाराच अभिनित ‘लोकन्ती’ ले ४ लाख १ हजार ३४० नेरु ग्रस कमाएको छ । यसका १३५७ टिकट बिकेका छन् ।‘चिराग’ ले ६८ जार ४५० नेरु ग्रस कमाएको छ । यसका ३३० वटा टिकट बिकेका छन् ।‘परान’ ले देशब्यापी १७ करोड ६१ लाख ५ हजार २८८ नेरु ग्रस कमाएको छ । यो फिल्मका ६ लाख २५ हजार ६२५ वटा टिकट विक्री भएका छन् ।







