साफ फुटसल च्याम्पियनसिप–२०२६ मा प्रतिस्पर्धा गर्ने नेपालको महिला र पुरुष दुवै राष्ट्रिय टिम घोषणा भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका निम्ति महिला र पुरुष दुवैतर्फ समान १४ सदस्यीय नेपाली टिम सार्वजनिक गरेको हो । नेपाली पुरुष टिमको मुख्य प्रशिक्षण जिम्मेवारीमा अनिलबहादुर गुरुङ छन् । यस्तै, महिला टिमको जिम्मेवारीमा विक्रम महर्जन छन् । नेपालको महिला र पुरुष दुवै टिमले आगामी जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुने साफ फुटसल प्रतियोगितामा सहभागिता जनाउँदै छन् ।पुरुष टोली : अमित लामा, अशोक दर्लामी, विजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, विशाल सरु मगर, दीपेश श्रेष्ठ (गोलकिपर), जेनिस प्रजापति, लाक्पा लामा, पदम तामाङ (गोलकिपर), पेम्पा दोर्जी लामा, सन्जे स्याङतान, सरोज तामाङ, सुवेत लामा, सुरज गुरुङ ।महिला टिम : अनिता केसी, अन्जली मचामसी, विमला चौधरी, विमला थापा, दीपा राई, जेनिफर राना, झरना दुर्माकोटी (गोलकिपर), मनिषा थापा मगर, प्रतिक्षा ठकुरी, रोशनी बोहरा क्षेत्री, सावित्री किसन (गोलकिपर), सजिना कोइराला, सुनकला राई, सुस्मा तामाङ ।







