मिटरब्याज, लघुवित्त पीडितहरूले काठमाडौंको बल्खुदेखि शान्तिवाटिकासम्म मार्चपास गरेका छन्।सोमबार बिहान ११ बजेदेखि बल्खु, त्रिपुरेश्वर- सहिद गेट हुँदै पीडितहरू शान्तिवाटिका पुगेका हुन्।उनीहरूले मिटरब्याज, लघुवित्त, वित्तीय शोषण र भूमि असमानता विरूद्ध प्रदर्शन गरेका हुन्।पीडितहरूले प्रधानमन्त्रीलाई माग पत्र पेस गर्ने र जनवर्गीय आन्दोलनहरूबीच मोर्चाबन्दी गर्ने र संयुक्त जनअधिकार आन्दोलन नेपालको घोषणा गर्ने तयारी छ।भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति र मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलनको आयोजनामा मार्चपास भएको हो।







