नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन्।२०७९ को प्रतिनिधि सभा चुनावमा उनी नेपाली कांग्रेससँग गठबन्धन गरी गोरखा २ बाट निर्वाचित भएका थिए।यसपालि प्रचण्डको नाम गोरखा २ बाट सिफारिस गरिएको छैन।गोरखा २ बाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, लेखनाथ न्यौपाने, सानुमाया बस्नेत र अनिश अर्यालको नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी गोरखाले जनाएको छ।संयोजक प्रचण्ड यसपालि गोरखा १ बाट सिफारिसमा परेका छन्। गोरखा १ बाट पनि उनको नाम एकल सिफारिसमा परेको छैन। गोरखा १ बाट प्रचण्ड, हरिराज अधिकारी, जगन्नाथ खनाल, शोभा लामिछाने र सागर श्रेष्ठको नाम सिफारिसमा परेको हो।संयोजक प्रचण्ड कहाँबाट चुनाव लड्ने यकिन भइसकेको छैन। कास्की, सुनसरीलगायत जिल्लाबाट पनि उनको नाम उम्मेदवारमा सिफारिसमा परेको छ।नेकपा गोरखाले बुधबार उम्मेदरवारहरूको नाम सिफारिस गरेको हो।







