काठमाडौंको ठमेलस्थित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए।क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोप छ। यसअघि प्रहरीले ६ जना नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूबाट आइलेन्स र म्याग्नेटिक कार्ड बरामद गरेको थियो।आइलेन्स लगाएपछि वितरण गरिने तासमा के रहेको भन्ने हेर्न मिल्ने अवस्था सिर्जना गरी ठगी गरेको खुलेको हो।







