इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता बढाएको छ । गएराति भएको खेलमा एस्टन भिल्लामाथि ४-१ गोलअन्तरको जित निकाल्दै आर्सनलले शीर्षमा पाँच अंकको अग्रता बनाएको हो ।आर्सनलको जितमा गाब्रियल मागाल्स, मार्टिन जुबिमेन्डी, लियान्द्रो ट्रोसार्ड र गाब्रियल जेससले एक-एक गोल गरे । भिल्लाका ओली वाट्किन्सले सान्त्वना गोल गरे ।खेलको ४८औं मिनेटमा मागाल्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा जुबिमेन्डीले अग्रता दोब्बर पारे ।६९औं मिनेटमा ट्रोसार्ड तथा ७८औं मिनेटमा जेससले गोल गरेपछि आर्सनल ४-० को क्लिन शिट जिततर्फ अघि बढेको थियो । वाट्किन्सले इन्जुरी समयको चौथो मिनेटमा सान्त्वना गोल गरे ।जितपछि शीर्षस्थानको आर्सनलको १९ खेलमा ४५ अंक भएको छ । दोस्रो स्थानमा रहेको सिटीले एक खेल कम खेलेर ४० अंक जोडेको छ । एस्टन भिल्ला १९ खेलमा ३९ अंकसहित तेस्रोमा छ ।







