प्रभात पाल र स्मारिका ढकालको शीर्ष अभिनय रहेको फिल्म ‘मुगलान’ बक्स अफिसमा कमजोर देखिएको छ।यो फिल्मले रिलिजको १० दिनसम्ममा सिनेपाः बक्सअफिसमा ६ लाख रूपैयाँ मात्र ग्रस कमाइ गरेको हो। पुस १० गते रिलिज फिल्मले पुस १९ गतेसम्ममा ६ लाख ५ हजार २९४ रूपैयाँ कमाइ गरेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। उक्त कमाइ हुँदा फिल्मको २ हजार २८८ वटा टिकट बिक्री भएका छन्। आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको ‘मुगलान’ ले मजदुरीका लागि भारत यात्रा, गाउँघरको प्रेम र संघर्षको कथा देखाउँछ। चलचित्र विकास बोर्डले अन्य फिल्मको पछिल्लो बक्स अफिस विवरण समेत सार्वजनिक गरेको छ।







