बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५-० ले हराउँदै बार्सिलोना फाइनलमा पुगेको हो ।बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गर्दा फेरान टोरेस, फर्मिन लोपेज र रोनी बार्ड्गीले १-१ गोल गरे । बार्सिलोनाले पहिलो हाफमै ४-० को अग्रता बनाएको थियो ।खेलको २२औं मिनेटमा टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए । ३०औं मिनेटमा लोपेजले गोल थपे । ३४औं मिनेटमा रोनीले गोल गर्दा बार्सिलोना ३-० ले अगाडि बढ्यो ।३८औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४-० ले अगाडि रह्यो ।५२औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गर्दै बार्सिलोनालाई ५-० ले अगाडि राखे । त्यसपछि गोल भएनन् ।बार्सिलोनाले अब उपाधिका लागि रियल मड्रिड र एट्लेटिको मड्रिडबीचको विजेतासँग खेल्नेछ ।







