सन् २०२५ मा बलिउड एक्सन र पुरुष प्रधानतामा फर्किएको छ । त्यसभन्दा अघिल्लो वर्ष महिला केन्द्रित कथा भएका फिल्महरूका कारण बलिउडलाई हेरिने नजरमा थोरै भए पनि परिवर्तन आएको थियो । जस्तो, पायल कपाडियाको ‘अल वी इमेजिन एज लाइट’, शुचि तलाठीको ‘गर्ल्स विल बी गर्ल्स’ र किरण रावको ‘लापता लेडिज’ ।यी फिल्मले धेरैबाट वाहवाही बटुलेका थिए । नयाँ दर्शकको ध्यान खिचेका थिए । तर गत अङ्ग्रेजी वर्षमा भारतीय बक्स अफिसमा हिंसात्मक, पुरुषप्रधान एक्सन थ्रिलर फिल्महरू हाबी भए ।२०२५ को अन्तिम हप्तामा भारतीय सामाजिक सञ्जालमा एउटै फिल्मको चर्चा भयो, धुरन्धर । भलै अहिले यो बलिउडकै सबैभन्दा बढी कमाउने फिल्म बन्यो । यो भारत पाकिस्तान तनावको पृष्ठभूमिमा बनेको एउटा जासुसी थ्रिलर फिल्म हो ।हिंसालाई खुला रूपमा देखाउने र राजनीतिले भरिएको यो फिल्म आक्रामक र अतिपुरुषवादी भएको टिप्पणीकारहरूले बताइरहेका छन् । फिल्म समीक्षक मयङ्क शेखर भन्छन्, ‘२०२४ ले भारतीय महिला फिल्ममेकरहरू किनारामा पारिएका आवाज होइनन्, बरू संसारलाई नेतृत्व गर्ने आवाज हुन् भन्ने कुरा प्रमाणित गरेको थियो’उनी त्यस समयलाई कुनै अस्थायी ट्रेन्ड नभई एउटा ‘निर्णायक क्षण’ मान्छन् । महिलाका कथाहरूमा आधारित फिल्महरूको संख्या र लोकप्रियता दुवै बढ्ने अपेक्षा गरिएको थियो । तर २०२५ मा बलिउडको शीर्ष १० बक्स अफिस हिट्समा पुरुषवादी नायकहरू नै छाए ।यद्यपि यीमध्ये पाँचवटा फिल्म बलिउडका थिए, जुन महामारीपछि संघर्ष गरिरहेको उद्योगका लागि केही राहतको कुरा थियो । त्यसमा ‘छावा’ जस्ता ऐतिहासिक र ‘वार २’ जस्ता एक्सन फिल्महरू समावेश थिए । यस सूचीमा महिला प्रधान एउटै मात्र थियो- मलयालम भाषाको सुपरहिरो फिल्म ‘लोकाह’ ।







