भारतीय स्टार ब्याटर विराट कोही अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ओडिआई ब्याटरको वरीयतामा शीर्ष स्थानमा उक्लेका छन् ।न्युजिल्याण्ड विरुद्ध ओडिआई सिरिजमा सानदार प्रदर्शनपछि कोहलीले वरीयतामा फड्को मार्दै शीर्ष स्थानमा पुगेका हुन् ।३७ वर्षीय कोहलीले ७८५ रेटिङ जोड्दै आफ्नै टिममेट रोहित शर्मालाई पछि पारेका हुन् । उनी सन् २०२१ पछि ओडिआईको ब्याटरतर्फ पहिलो स्थानमा पुगेका हुन् ।यस्तै कोहलीले भन्दा एक रेटिङ कम रहेका न्युजिल्याण्डका अलराउण्डर डारेल मिचेल वरीयताको दोस्रो स्थानमा उक्लेका छन् भने रोहित शर्मा तेस्रो स्थानमा झरेका छन् ।कोहलीले पछिल्लो समय ५० ओभर क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनले पछिल्लो इनिङ्समा ७४ नटआउट, १३५, १०२, ६५ नटआउट, र ९३ रन बनाएका थिए ।







