नेकपा एमालेका सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गरेका छन्।सचिव बस्नेतले भक्तपुर–२ बाट उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्नुपूर्व बस्नेत जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।बस्नेतले २०७४ सालमा त्यस निर्वाचन क्षेत्रबाट निर्वाचन जितेका थिए। २०७९ सालमा भने त्यस क्षेत्रबाट नेपाली कांग्रेसका दुर्लभ थापाले चुनाव जितेका थिए।
प्रकाशित :- २०८२ माघ ६, मंगलवार







