राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्।आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले मंगलबार झापा-५ मा उम्मेदवारी दर्ता गराएका हुन्। उनी समर्थकको भिडसहित मनोनयन दर्ताका लागि दमक पुगेका थिए। झापा-५ बाटै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव लड्दैछन्।
प्रकाशित :- २०८२ माघ ६, मंगलवार







