आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् ।मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् । चुनाव नलड्ने बताउँदै आएका उनले आइतबार मात्रै चुनावमा उठ्ने घोषणा गरेका हुन् ।
प्रकाशित :- २०८२ माघ ६, मंगलवार







