सन् २०१९ मा रिलिज भएको फिल्म ‘जाइरा’ पछि अभिनेत्री नम्रता श्रेष्ठ सार्वजनिक जीवनमा देखिएकी छैनन् । त्यसबीच उनको जीवनमा धेरै उतारचढाव देखिए ।बीच-बीचमा उनी फाट्टफुट्ट सामाजिक सञ्जाल स्टाटस पोस्ट गर्थिन् र प्रशंसकसँग धेरथोर अन्तक्रिया । मंगलबार राती उनले सामाजिक सञ्जालमा मर्मस्पर्शी र अर्थपूर्ण कुरा पोस्ट गरेकी छन् ।सन् २०१६ ले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याएपनि त्यसपछि आफ्नो जीवन मानसिक स्वास्थ्यसँग जुधिरहेको कुरा उनले उल्लेख गरेकी छन् । त्यो वर्षले आफूलाई सफलताले पीडबाट बचाउन सक्दैन र निको हुन समय लाग्छ भन्ने कुरा सिकाएको उल्लेख गरेकी छन् ।त्यसको दशकपछि आफूमा शान्तपनको स्वभाव विकास भएको उल्लेख गर्दै उनले पछिल्ला वर्षमा जे भयो, नराम्रो भएन भनेर उल्लेख गरेकी छन् । सन् २०१६ आफ्नो आत्मखोजको सुरुवात भएको र त्यो कार्य अहिले पनि जारी रहेको उनले बताएकी छन् ।उनले संकल्पसहित प्रशंसकलाई अंग्रेजी नयाँवर्ष २०२६ को शुभकामना समेत दिएकी छन् । उनले आफ्ना धारणासहित त्यो समयक्रमका फोटोहरू पनि सार्वजनिक गरेकी छन् ।







