एजेन्सी । गर्मी मौसममा छतमा राखिएको ट्याङ्की एकदमै धेरै तातिने गर्छ, जसले गर्दा त्यसको पानी पनि गिजर वा हिटरले तताएको भन्दा तातो आउने गर्छ ।
मानिसलाई यो पानी प्रयोग गर्नुपर्ने हुन्छ किनकी दिउँसो वा साँझमा पानी प्रयोग गर्दा यसको विकल्प हुँदैन । तर, यस्तो पानीले शरीरमा भने विभिन्न प्रकारको नोक्सान पुर्याउने गर्छ । यस्तो पानीले नुहाउँदा हुने नोक्सानका बारेमा जानौं,
यदी तपाईं ट्याङ्कीमा तातिएको पानीले नुहाउनुहुन्छ भने तपाईंको कपाललाई यसले गम्भीर क्षति पुर्याउन सक्छ । यसले कपाल झर्न थाल्छ र जराहरू पनि कमजोर हुन्छन् ।
ट्याङ्कीमा तातिएको पानीले अनुहार धुँदा छालामा पिग्मेन्टेशनको समस्या सामना गर्नुपर्ने हुन सक्छ । यो पानीले छाला पोल्न थाल्छ र अन्य कैयौं समस्या पनि आउन सक्छ ।
यदी तपाईंको कानमा ट्याङ्कीको तातो पानी पस्यो भने यसले कानमा जम्मा भएको कानेगुजी पग्लिएर फैलिन सक्छ । जसले गर्दा कान दुख्नुका साथै अन्य समस्या पनि हुन सक्छन् ।
यस्तो तातो पानीले गर्मीमा नुहाउँदा शरीरको तापक्रम पनि असन्तुलित हुन सक्छ । जसले गर्दा स्वास्थ्य खराब पनि हुन सक्छ ।
सुख्खापन
तातोपानीले छालामा सुख्खापन पैदा गराउँछ । छालामा भएको नरमपना हराउँछ र छाला रुखो हुन्छ । नरम र संवेदनशील छाला भएकाहरुले तातोपानीले नुहाउँन हुँदैन ।
संक्रमण
धेरै तातोपानीले नुहाउँदा शरीरको प्राकृतिक तैलियपना हराउँछ जसको कारण शरीरमा अनावश्यक एलर्जी र संक्रमण बढ्न थाल्छ ।
पुरुषको सन्तान उत्पादन क्षमतामा असर
एक अध्ययनका अनुसार धेरै समयसम्म तातोपानीमा नुहाउँने पुरुषको प्रजनन् क्षमतामा असर पर्न सक्छ । जसले गर्दा सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास आउँछ ।
आलस्यता
तातोपानीले नुहाउँदा फुर्तिलोपना हराएर शरीर आलस्य हुन्छ । तातोपानीले नुहाउँदा अल्छी लाग्ने र निन्द्रा लाग्छ ।
चाउरीपना
उमेर नपुग्दै चाउरीपनाले नसताओस् भन्ने चाहानुहुन्छ भने तातोपानीले नुहाउँन हुँदैन । तातोपानीले अनुहारलगायत शरीरका सबै अंगको प्राकृतिक तैलियपना घट्दै जान्छ र अनुहारमा चाउरी पर्न थाल्छ ।
कपालको लागि हानिकारक
तातोपानीले कपाललाई निकै असर पुर्याउँछ । यसले कपालको छाला सुख्खा बनाइदिन्छ जसले कपालको जरा कमजोर बन्छ र कपाल झर्न थाल्छ ।
डिप्रेसनको खतरा
धेरै तातोपानीमा नुहाउँने व्यक्तिलाई डिप्रेसनको खतरा हुन्छ । तातोपानीले शरीरमा भएको फुर्ति हराउँछ र थकित र अल्छी गराउँछ जसले गर्दा कहिलेकाहीँ डिप्रेसनको समस्या पनि निम्ल्याउँछ ।
आँखामा पनि समस्या
तातो पानीले आँखालाई पनि असर पुर्याउँछ । तातोपानीको प्रयोगले आँखा चिलाउने समस्या आउँछ ।
त्यसैले यस्तो पानी साँझमा अली चिसो भएपछि मात्र प्रयोग गर्नुहोस् । तपाईं नुहाउनका लागि बिहानको समय रोज्न सक्नुहुन्छ । साथमा घरको कामहरू पनि बिहानको समयमा नै गर्नुहोस् जसले गर्दा दिउँसो तातो पानी प्रयोग गर्नुपर्दैन ।







