काठमाडौं- पचास लाख ठगी आरोपमा एक जना पक्राउ परेका छन्।वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा कञ्चनपुरका केशवराज जोशी पक्राउ परेका हुन्।अपराध अनुसन्धान काठमाडौंले वैदेशिक रोजगार विभागले जारी गरेको पक्राउ पूर्जीका आधारमा जोशीलाई शुक्रबार पक्राउ गरेको जनाएको छ ‘पीडित पक्षले पचास लाख किटान गर्नुभएको छ, यसबारे अनुसन्धान भइरहेको छ’, अपराध अनुसान्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई देशसञ्चारसँग भने।
प्रकाशित :- २०८१ असार ७, शुक्रबार







