बुधबार बेलुका उत्तरपूर्वी भारतीय राज्य सिक्किमको गान्तोकस्थित महात्मा गान्धी मार्गमा ‘ऊनको स्वीटर साँझ’ भब्यरुपमा सम्पन्न भएको छ ।
शुक्रबारदेखि त्यहाँ प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘ऊनको स्वीटर’ अघि गान्तोकमा सांगीतिक कार्यक्रम आयोजना गरियो । फिल्मका संगीतकार तथा गायक समेत रहेका सुजन चापागाईंले त्यहाँ प्रस्तुति दिए ।
‘कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली चलचित्रप्रति भारतका नेपालीभाषी समुदायको आकर्षण पुष्टि गरेको छ’ निर्माताले मिडियालाई पठाएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबाट त्यहाँ पुगेका फिल्मका अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, सङ्गीत निर्देशक कोविद बज्र, छायांकार चिन्तन राजभन्डारी, कार्यकारी निर्माता मिलन खत्री र सागर बुढाथोकीलगायत टिमका सदस्य कार्यक्रममा सहभागी थिए ।







