दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले नयाँ गीत ‘डोको बुन्ने’ सार्वजनिक गरेको छ । केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गीत लोकशैलीमा बनेको छ ।सुमन तामाङ र केहरसिंह लिम्बुको कम्पोज, लिम्बुको स्वर, सागर लामिछाने मगर र सुमन तामाङको शब्दमा गीत तयार भएको छ । लोकशैलीमा बनेको यो रोमान्टिक गीत युवा दर्शकलाई कर्णप्रिय बन्नसक्छ ।गीतमा फिल्मका शीर्ष कलाकार आकृति राजभण्डारी र अभिषेक खड्का लगायतले अभिनय गरेका छन् । लिम्बुकै कम्पोजमा यसअघि पनि फिल्मले केही गीत ल्याएको छ र यिनले प्रशंसा पाएका छन् ।फिल्ममा महेन्द्र अधिकारीको लगानी छ । ‘कुमारी’ २३ माघदेखि प्रदर्शन तयारीमा छ ।







